काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग (इपिएल) मा पहिलो जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले वुल्भ्सलाई ६–२ ले हराउँदै पहिलो जित दर्ता गरेको हो । चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो ।
खेलको दोस्रो मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा वुल्भ्सका म्याथ्युअस कुन्हाले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी रहँदा कोल पाल्मरले गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा जोर्गेन स्ट्रान्ड लार्सनले गोल गर्दै वुल्भ्सलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि, नोनी मडुकेले ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि, ८० औं मिनेटमा फेलिक्सले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए ।
जितसँगै २ खेलबाट ३ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लिएको छ । समान खेल खेलेको वुल्भ्स अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ ।