भिल्लामाथि आर्सनलको जित

खेल

काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि २–० को जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनलका लागि लियान्ड्रो ट्रोसार्ड र थोमस पार्टेले समान एक एक गोल गरे ।

खेलको ६७ औं मिनेटमा सब्स्टिच्युट ट्रोसार्डले गोल गर्दै आर्सनलका लागि अग्रता दिलाएका थिए । त्यस्तै, ७७ औं मिनेट पार्टेले गोल गर्दै आर्सनललाई जित दिलाए ।

yakshakhabar.com

जितसँगै ६ अंक जोडेको आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । पराजित भिल्ला भने ३ अंकका साथ १२ औं स्थानमा छ ।

गत सिजन आर्सनललाई भिल्लाले १–० ले पराजित गरेको थियो । उक्त हारसँगै आर्सनलले उपाधि गुमाएको थियो। यसपल्ट भने आर्सनल उक्त हार हारको बदला लिन सफल भएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *