फाइनल प्रवेश गर्न आज नेपाल र भुटान भिड्दै

खेल

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

उता भुटान भने समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो ।

yakshakhabar.com

दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *