मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
रोकिएका कमहरूले चिन्ता बढाउनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनसक्छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित नहुनसक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
![yakshakhabar.com](https://yakshakhabar.com/wp-content/uploads/2023/12/ad.png)
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
![yakshakhabar.com](https://yakshakhabar.com/wp-content/uploads/2023/12/ad.png)
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ कार्य योजना पनि बन्नेछ ।
मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सामान हराउन सक्नेछ । आफन्तसँग मनमुटाव बढ्ला । खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
हाम्रो पात्रोबाट
![yakshakhabar.com](https://yakshakhabar.com/wp-content/uploads/2023/12/ad.png)