काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तीन हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार बढिरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत साउन २९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि आज ५० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।