रोनाल्डोको टिम नासरलाई पराजित गर्दै हिलालले जित्यो साउदी सुपर कपको उपाधि

खेल

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको टिम अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा रोनाल्डोकै गोलमा अल नासरले अग्रता लिएपनि खेल जित्न भने सकेन । पहिलो हाफमा १–० ले अघि रहेको अल नासरले ४–१ को अन्तरमा खेल हार्न पुग्यो । सिजनको पहिलो उपाधि जित्ने अवसर गुमाएका रोनाल्डो २ वर्षे बसाईंमा उपाधि विहिन छन् ।

खेलको ४४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा अल नासर उपविजेतामा सिमित बन्यो। हिलालका लागि अलेक्जेन्डर मित्रोभिचले दुई तथा सर्गेज मिलिन्कोभिच र माल्कमले एक एक गोल गरे ।

yakshakhabar.com

अल हिलालाले लगातार दोस्रो पटक सुपर कप उपाधि जितेको हो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *