काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई २–१ ले पराजित गर्दै बार्सिलोनाले जितबाट यो सिजनको सुरुवात गरेको हो ।
खेलको ४४ औं मिनेटमा घरेलु टोली भ्यालेन्सियाको लागि ह्युगो डुरोले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लेवान्डोस्कीले गोल गर्दै टिमलाई बराबरी ल्याए । त्यसपछि, ४९ औं मिनेटमा पेनाल्टी मार्फत लेवान्डोस्कीले पुनः गोल गर्दै टिमलाई २–१ को जित दिलाए ।