थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री नियुक्त

विश्व

काठमाडौं । थाइल्यान्डमा ३७ वर्षीया पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री नियुक्त भएकी छन् ।

थाई संसदमा भएको मतदानमार्फत सिनावात्रा प्रधानमन्त्री बनेकी हुन् । संसदमा शुक्रबार भएको मतदानमा सिनावात्राले वर्तमान ४९३ विधायकमध्ये ३१९ मत ल्याएर निर्वाचित भएकी हुन् । विपक्षमा १४५ मत परेको थियो भने २७ सांसद अनुपस्थित थिए ।

योसँगै उनी थाइल्यान्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीसमेत बनेकी छन् ।

yakshakhabar.com

संवैधानिक अदालतले अप्रत्याशित रूपमा प्रधानमन्त्री श्रीथा टाविसिनलाई बर्खास्त गरेको दुई दिनपछि थाइल्यान्डले नयाँ प्रधानमन्त्री पाएको हो ।

उनका बुबा थाक्सिन सिनावात्रा र फुपू यङलिङ सिनावात्रा यसअघि नै प्रधानमन्त्री बनिसकेका छन्। थाइल्यान्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छी नेत्री हुन् ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *