प्रतिनिधि सभाको बैठक बस्दै

राजनीति

काठमाडौं । संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग )तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *