अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्दै लगिने मन्त्री पौडेलको उद्घोष

स्वास्थ्य

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भक्तपुरलाई अंग प्रत्यारोपणको केन्द्र बनाई सातवटै प्रदेशमा यसका उपकेन्द्रहरु सञ्चालन गर्ने उद्घोष गरेका छन् ।

विश्व अङ्गदान दिवसका अवसरमा मंगलबार भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए ।

सीमित स्रोतसाधन, पूर्वाधार र जनशक्तिबाट स्वास्थ्य क्षेत्रमा अधिक लाभ हासिल गर्न आवश्यक गृहकार्य भइरहेको बताउँदै उनले भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्र साँघुरो भएकोले उपयुक्त ठाउँमा स्थानान्तरणको लागि आवश्यक पहल भइरहेको जानकारी दिए ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवारत सबै चिकित्सक र कर्मचारीप्रति सम्मान प्रकट गर्दै उनले अंगदान र अंग प्रत्यायोपनले स्वास्थ्य क्षेत्रमा सामाजिक क्रान्ति ल्याएको बताए ।

yakshakhabar.com

भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आफूले पनि अंगदान गर्ने घोषणा गर्दै नेपालमै अंग प्रत्यारोपण गर्ने सुविधाले बिरामीहरुलाई विदेशमा उपचार गर्न जाने बाध्यताको अन्त्य भएको बताए ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रादेशिक अस्पतालहरुमा पनि डाइलाइसिस सेवा सञ्चालन गर्न लागिरहेको बताउँदै भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राखे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमै अंग प्रत्यारोपणको सुविधा आरम्भले बिरामीहरुलाई विदेशमा गएर उपचार गराउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापना भएको १२ वर्ष समयावधिमा करिब १३ सय मिर्गौला प्रत्यारोपण र हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न भइसकेको जानकारी गराए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *