बुटवलमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु

समाचार

काठमाडौं । बुटवल उपमहानगरपालिका(७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवर रहेका छन् ।

दिपनगरको कमलपोखरीबाट हाटबजारतर्फ जाँदै गरेको लु ९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

yakshakhabar.com

दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *