सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

समाचार

काठमाडौं । सप्तरीमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राई रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

yakshakhabar.com

ट्रकभित्र नै चेपिएर चालकको घट्नास्थलमानै मृत्यु भएको हो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *