काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।
आइतबार प्रचण्ड र भारतीय विदेश सचिव मिश्रीबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।
भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको बताइएको छ ।