सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार

अर्थ

काठमाडौं । सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार भएको छ । साताको पहिलो दिन आज सेयर बजारमा कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो ।

यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो ।

गत बिहीबारको तुलनामा नेप्से परिसूचक आज ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ । आज २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ । यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

yakshakhabar.com

आज सबै क्षेत्रगत सूचक बढेका छन् । नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *