काठमाडौं आइपुगे भारतीय विदेश सचिव

राजनीति

काठमाडौं । दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगेका हुन् । मिश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल(भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

yakshakhabar.com

नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिश्री सोमबारमा भारत फर्किने कार्यक्रम छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *