बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन

विश्व

काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । विद्यार्थीहरूको मागबमोजिम युनुसले सरकारको नेतृत्व गरेका हुन् ।

युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ ।

विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार मात्र ढाका पुगेका थिए ।

yakshakhabar.com

कोटा प्रणालीविरूद्ध सुरु भएको आन्दोलन सरकारविरोधी बन्न पुग्दा शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । त्यसलगत्तै सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै ८४ वर्षीय युनुसको नाम अगाडि सारे र संसद भंग गर्न माग गरे ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफल गरेर विद्यार्थीहरुको मागअनुसार संसद भंग गर्नुका साथे नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *