३ सयले बढ्यो सुनको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ३ सय रुपैयाँले बढेको हो भने चाँदी २० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले बढेर एक लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी भने आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *