काठमाडौं । काभा महिला नेसन्स लिग (भलिबल) को उपाधिका लागि बुधबार नेपाल र भारत भिड्दै छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो ।
सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिम बुधबार बदला लिने दाउमा छ ।
फाइनल खेल अघि तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।