गर्मीका कारण दक्षिण कोरियामा १४ को मृत्यु

विश्व

एजेन्सी । दक्षिण कोरियामा उष्ण लहरका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

गृह मन्त्रालयले जनाएअनुसार मे २० देखि अगस्ट ४ को बीचमा असामान्य गर्मीका कारण १४ जनाको मृत्यु भएको छ ।

यस्तै, अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ । गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको संख्या एक हजार ६९० पुगेको मन्त्रालयले मंगलबार जनाएको छ । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

yakshakhabar.com

हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका छन् ।

यहाँ अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीको पूर्वानुमान छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *