काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले पाएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा थापालाई पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि थापा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत थिए ।
त्यस्तै, सीआईबीका प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको छ ।
प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै, हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालयस्थित कार्यविभागमा पदस्थापन गरिएको छ ।