२३ सयले घट्यो सुनको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन २३ सय र चाँदी ६० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २३ सय रुपैयाँले घटेर एक लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी पनि आज ६० रुपैयाँले घटेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *