महिला भलिबलः नेपाल र इरान खेल्दै, इरानसँग बदला लिने लक्ष्यमा नेपाल

खेल

काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा फाइनल प्रवेशका लागि मंगलबार नेपालले इरानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । लिग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टोलीलाई रहनेछ ।

यस्तै, सेमिफाइनलको पहिलो खेलमा भारत र श्रीलंका भिड्नेछन् । यी दुईको खेल दिउँसो ३ बजे त्रिपुरेश्वर स्थित कभर्ड हलमा हुनेछ ।

yakshakhabar.com

काभाले लिगचरणमा शीर्ष स्थानमा रहनेले चौथो र दोस्रो स्थानमा रहनेले तेस्रो स्थानमा खेल्ने तय गरेको थियो । भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने श्रीलंका तालिकाको चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेको हो । नेपाल र इरान तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएका हुन् ।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *