काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका हुन् ।
मुख्यमन्त्रीमा आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न समय दिइएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार संविधानको धारा १६८ को २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।
केन्द्रीय सहमतिअनुसार सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने तयारी छ ।