काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री थप गरेका छन् ।
ओलीले कांग्रेसका रुपा विक र पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै मन्त्रिमण्डल २५ सदस्यीय भएको छ ।
अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।
गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।