१६ सयले बढ्यो सुनको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन १६ सय र चाँदी २० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १६ सय रुपैयाँले बढेर एक लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

yakshakhabar.com

चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *