काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले चीन,अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई आगामी भदौ १५ गतेभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।

नयाँ राजदुत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनी रहेका छन् ।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
हेर्नुहोस् कुन देशको राजदूतमा को सिफारिस ?
– डा. शंकरप्रसाद शर्मा – भारत
– कान्ता रिजाल –अष्ट्रेलिया
– नरेशबिक्रम ढकाल –साउदी अरेबिया
– प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
– धनप्रसाद पण्डित – इजरायल
– रामकृष्ण भट्टराई – श्रीलंका
– सनिल नेपाल – स्पेन
– डा. शैल रुपाखेती – जर्मनी
– लोकदर्शन रेग्मी – अमेरिका
– चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
– डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
– जंगबहादुर चौहान – रुस
– रमेशचन्द्र पौडेल – कतार
– प्रा. डा. कृष्णप्रसाद ओली – चीन
– सुम्निमा तुलाधर – डेनमार्क
– नेत्रप्रसाद तिमल्सिना – मलेसिया
– प्रकाशमणि पोखरेल – पोर्चुगल
– रीता धिताल – पाकिस्तान