विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित चार पक्राउ

समाचार

काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० क्याप्सुलसहित एक जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्यास नगरपालिका–१ बस्ने १९ वर्षीय मनिष परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

yakshakhabar.com

यसैगरी, तनहुँकै बन्दिपुर गाउँपालिका–६ पुरानो साराङघाटबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ९० ग्रामसहित एक जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवघाट गाउँपालिका–३ फिदिम स्वाँरा बस्ने २२ वर्षीय पोमराज गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले घुमाउनेबाट साराङघाटतर्फ जाँदै गरेको बा.प्र.०३–००४ प १८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–७ बस्ने २८ वर्षीय झक बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटीसफारीमा आएका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै सोधपुछको क्रममा उक्त घटनामा मेचिनगर नगरपालिका–७ बस्ने ३० वर्षीय खडग बहादुर दर्जीको संलग्नता रहेको भन्ने खुल्न आए पश्‍चात प्रहरीले दर्जीलाई समेत नियन्त्रणमा लिएको छ ।

yakshakhabar.com

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *