२०८४ को चुनावमा एक्लै लडेर जित्छौंः प्रचण्ड

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले २०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको जानकारी दिए । उनले अगाडि भने, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

प्रचण्डले १८ महिना आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरू मिलेर सरकार ढालेको आरोप लगाए ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *