खाना खाएको कति समयपछि पानी पिउने ?

स्वास्थ्य

काठमाडौं । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्।

पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् ।खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन् । खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ।

खाना खाएको कति समयपछि पानी पिउने ?

yakshakhabar.com

हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन् । यहीबिच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ । त्यसैले खाना खाएको करिब ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ ।

सही समयमा पानी पिउनुका फाइदाहरू :

– खाना खाएको एक घण्टापछि पानी पिउनाले तौल नियन्त्रण हुन्छ ।

– सही समयमा पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ ।

– पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन ।

yakshakhabar.com

– सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्‍याउँछ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *