एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो सुनको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेकोको छ । बुधबारको तुलनामा बिहीबार सुन २४ सय र चाँदी ५५ रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २४ सय रुपैयाँले घटेर एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

yakshakhabar.com

चाँदी पनि आज ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *