सौर्य एयरलाइन्स दुर्घटनामा १७ नेपाली र एक विदेशी नागरिकको मृत्यु

समाचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । एक जना बाँचेका छन् ।

बुधबार बिहान ११ः१५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटना हुँदा १७ जना नेपाली र एक जना यमनका नागरिकको मृत्यु भएको हो ।

पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

yakshakhabar.com

विमानमा क्याप्टेन शाक्य र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । जहाजका को–पाइलट कटुवालको मृत्यु भएको छ ।

अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको प्रहरीले जनाएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

जहाज दुर्घटना स्थल निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत पुगेका थिए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *