बागमतीमा मुख्यमन्त्रीले लिए सपथ

राजनीति

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री लामाले बुधबार नै नेपाली कांग्रेस र नेकपा (एमाले) बाट मन्त्रीहरु समावेश गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेसबाट ३ र एमालेबाट ६ जनालाई मन्त्रिपरिषद्‍मा सहभागी गराएका छन् ।

बुधबार शपथ लिनेमा एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्री रहेका छन् ।

yakshakhabar.com

यस्तै, कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ ।

बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री लामालाई मंगलबार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री पदमा नियुक्ति गरेका थिए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *