काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई संविधानको धारा १६८ (२) बमोजिम मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
लामाले कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदहरुको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
उनको भोलि बुधबार बिहान ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ ।