सुनको मूल्य बढ्दा चाँदी घट्यो

अर्थ

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । आइतबारको तुलनामा सोमबार सुन १ सय रुपैयाँले बढेको हो भने चाँदी २० रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले बढेर एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

yakshakhabar.com

चाँदी भने आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *