भक्तपुरको डोलेश्वरमा श्रावणी मेला सुरु

समाचार

भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबारबाट श्राावणी मेला सुरु भएको छ । बिहान पौखेलस्थित पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो ।

सुर्यविनायक नगरपालिका –८ मा अवस्थित उक्त मन्दिरमा मंगलबारदेखि सञ्चालन भएको मेला भाद्र ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

बिहान गरिएको कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको औपचारिक रुपमा उद्घाटन भएको हो । उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशसभाका सदस्य किरण थापाले गरेका हुन् ।

yakshakhabar.com

३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिरमा दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनको सहजताका लागि लाइन बस्नका लागि कुपन प्रणालीको व्यवस्था गर्नुका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्त मिलाएको छ ।

मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

यस वर्ष एक करोड रुपैयाँ आम्दानी हुने तथा करिब १० लाख खर्च हुने अपेक्षा गरिएको समितिले जनाएको छ । यस वर्ष सोमबार र शनिबार विशिष्ट धर्मगुरुबाट धार्मिक प्रवचन तथा कलाकारहरुले भजनकीर्तन प्रस्तुत गर्ने तथा मेलाको ३८ दिन नै स्थानीय गुरुहरुबाट नित्य पूजा, पाठ, पारायण कार्य हुने तथा शनिबार र सोमबार विमला–गंगा आरती हुने समेत जनाइएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *