काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।
उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन काम गर्न इच्छुक भएको बताएका छन् ।
