काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा ६३, विपक्षमा १९४ र तटस्थमा एक मत परेपछि उनी पदमुक्त भएका थिए । सो व्यहोराको पत्र संसद् सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ । अहिले सो पत्र राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ ।
संसद् सचिवालयको पत्र पुगेसँगै शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन् ।
कांग्रेस र एमालेले राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नासाथ शुक्रबार नै नयाँ सरकारको दाबी पेस गर्ने जनाइएको छ ।