राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राजनीति

काठमाडौं । संघीय संसद्‌अन्तर्गत राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ । सार्थै पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन् ।

yakshakhabar.com

भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूचीमा रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण विधेयक, २०७७ मा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *