काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।