केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरे : अध्यक्ष नेपाल

समाचार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेको बताएका छन् ।

रेडक्रसको केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशभरका रेडक्रसकर्मीको सहभागितामा विधिसम्मत वर्तमान कार्यसमिति चयन भएको जानकारी दिँदै केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेको बताएका हुन् ।

उनले समाज कल्याण परिषद्ले आफूहरूसँग छलफलसमेत नगरी रेडक्रसको छानबिन प्रतिवेदन तयारी मिडियाहरूमा सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरूले यसमा राजनीति घुसाउन नदिने बताए ।

yakshakhabar.com

उनले वर्तमान कार्यसमितिले रक्तसञ्चार सेवा र संस्थागत सुशासनको सम्बन्धमा थालनी गरेका सकारात्मक कदमप्रति नियोजित र प्रायोजित ढंगबाट दुष्प्रचार समेत गरिएको दाबी गरे ।

महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रसले प्रचलित कानुनअनुसार रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको स्पष्ट पारे । रेडक्रसले उपलब्ध गराउने रगतमा कुनै प्रकारको कमीकमजोरी नरहेको उनको भनाइ थियो ।

उनले राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भए अनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसंक्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको स्पष्ट पारे ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *