काठमाडौं । पाल्पाको तिनाउ–३, दोभान नजिकै बुधबार बेलुका ट्रक र स्कुटर ठोक्किँदा दाजुको मृत्यु भएको छ भने बहिनी गम्भीर घाइते भएकी छन् ।
दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेका छन् ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटर चालक विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुटरको पछाडि सवारी विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् । घाइते रश्मीको उपचार जारी रहेको छ ।
ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।