क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

खेल

काठमाडौं । क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

खेलको २३ औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ५१ औं मिनेटमा कप्तान लिओनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

yakshakhabar.com

अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *