स्पेन युरो कपको फाइनलमा

खेल

काठमाडौं । फ्रान्सलाई हराउँदै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश गरेको छ ।

म्युनिखमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै स्पेन १२ वर्षपछि युरोको फाइनलमा प्रवेश गरेको हो ।

खेलको नौ मिनेटमा रान्डाल कोलो मुआनीले हेडर गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २१ औं मिनेटमा लामिन यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए । त्यसपछि २५औं मिनेटम ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए ।

yakshakhabar.com

स्पेन सन् २०१२ मा उपाधिनजिक पुगेको थियो । उक्त प्रतियोगिताको फाइनलमा स्पेनले इटालीलाई ४–० ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *