काठमाडौं । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक वरपर केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।