सप्तकोशीमा जलसतह बढ्दै, खोलिए ४१ ढोका

समाचार

काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ५६ ढोका मध्ये ४१ वटा ढोका खोलिएका छन् ।

उदयपुर, सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *