काठमाडौं । टर्कीलाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा शनिबार राति भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३५ औं मिनेटमा अकायदिनले हेडर मार्फत गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काए । त्यसपछि, ७६ औं मिनेटमा टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गर्दा नेदरल्यान्ड्स २–१ ले विजयी भयो ।
इन्ज्युरी समयको छैटौं मिनेटमा बेर्तुग यिल्दिरिमले रातो कार्ड पाउँदा टर्की १० खेलाडीमा समिति भएको थियो ।
नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्यान्डले शनिबार राति स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५(४ ले हराउँदै सेमिफाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् ।