काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टमा काम गर्ने मनोज विक रहेका छन् ।
पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
शनिबार बिहान ११ः१० बजे नागार्जुन नगरपालिका–३ स्थित सिङ्गल ट्री नजिकै पहिरो आई उक्त स्थानमा रहेको सो रेष्टुरेन्टको किचन कोठा पुरिएको थियो ।