कोपा अमेरिकामा भेनेजुएलाको लगातार तेस्रो जित

खेल

काठमाडौं । भेनेजुएलाले कोपा अमेरिका फुटबलमा लगातार तेस्रो जित हासिल गरेको छ ।

सोमबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

भेनेजुएलाका लागि इडुवार्ड बेलोले ४९ औं मिनेटमा, सलोमोन रोन्डनदर् ५६ औं मिनेटमा र इरिक रमिरेजले ८५ औं मिनेटमा गोल गरे ।

yakshakhabar.com

यो जितपछि भेनेजुएलाले समूह ‘बी’ मा ३ खेलमा ९ अंक हासिल गर्दै शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

भेनेजुएलाले यसअघि मेक्सिकोलाई १–० र इक्वेडरलाई २–१ ले पराजित गरेको थियो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *