दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि

खेल

काठमाडौं । दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले आइसिसी टी–२० विश्वकपको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनायो ।

yakshakhabar.com

दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले ५२, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ तथा डेभिड मिलरले २१ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

भारतका हार्दिक पाण्ड्याले तीन, अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई/दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले ७६, अक्षर पटेलले ४७ तथा शिवम् दुबेले २७ रन बनाए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिर्च नोर्ट्जेले समान दुई/दुई तथा मार्को जोन्सन र कागिसो रबाडाले समान एक/एक विकेट लिए ।

yakshakhabar.com

भारतको यो दोस्रो टी–२० विश्वकप उपाधि हो । भारतले सन् २००७ पछि पहिलोपल्ट उपाधि जितेको थियो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *