इङ्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा

खेल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई हराउँदै भारत आइसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

१७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनायो ।

yakshakhabar.com

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले २५, कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ तथा लियम लिविगंस्टनले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन/तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५७, सुर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ तथा रविन्द्र जडेजाले अविजित १७ रन बनाए ।

इङ्ल्यान्डका क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक/एक विकेट लिए ।

yakshakhabar.com

भारतले अब फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *